रुकुम, मंसिर १० – पश्चिम रुकुमको आठबीसकोटको एक मदतान केन्द्रमा नेकपाका कार्यकर्ताले मतपेटिकामा एसिड हालेका छन् । आठबीसकोट गाउँपालिका वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावी गत्सैना मतदान केन्द्रको एउटा मतपेटिकामा एसिड हालेर आगो लगाइएको प्रहरीले जनाएको छ ।
समानुपातिक तर्फको ख मतपेटिकामा एसिड हालिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक ऋषी ढुंगानाले उज्यालोलाई जानकारी दिनुभयो । अहिले त्यहाँ मतादान स्थगित भएको उहाँले जानकारी दिनुभयो ।
मतपेटिकामा नेकपाका कार्यकर्ताले एसिड हालेको आशंकामा केशव खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तर केही मतदाताले भने बुथमा नै खटिएका प्रतिनिधिले एसिड हालेको बताएको प्रहरीले जनाएको छ ।