596 views 0 secs 0 comments

रोल्पामा ४५ प्रतिशत मत खस्यो

In देश, राजनीति, समाज
१० मंसिर २०७४, आईतवार १५:००

रोल्पा, मंसिर १०– रोल्पामा ४५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि दिउँसो साढे २ बजेसम्ममा ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । २०७० सालको चुनावमा ‘नो भोट’ अभियान चलाएइको थवाङमा पनि यस पटक भने शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ।