484 views 0 secs 0 comments

झापामा जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना…

In देश, समाज
२ आश्विन २०७६, बिहीबार १३:५२

झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उहाँका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएका थिए ।

सोही च्याउको तरकारी खाएका छिमेकीहरु ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ वर्षीया मनकुमारी राईसमेत सिकिस्त बिरामी भएपछि पाँचै जनालाई शुरुमा दमकको आम्दा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।