794 views 0 secs 0 comments

आजको मौसम पूर्वानुमान…

In देश
३ चैत्र २०७६, सोमबार १२:४७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले सोमबार बिहानदेखि रातिसम्मको पूर्वानुमान गरेको छ । 
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। भने देशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ ।         
 यसैगरी, महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सामान्यतया सफा हुने पूर्वानुमान गरेको छ ।
राति पनि देशका पहाडी भेगमा आंशिक बदला हुन सक्ने र अन्य क्षेत्रहरुमा भने मौसम सफा रहने पूर्वानुमानमा उल्लेख गरिएको छ ।