497 views 0 secs 0 comments

बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु…

In समाज
३ चैत्र २०७६, सोमबार १३:००

दाङको तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।
तुल्सीपुरबाट मलवारतर्फ जाँदै गरेको ना४ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा सोही ठाउँकी ५५ वर्षीया सुशिला वली सोमबार बिहान पौने ९ बजे लडेकी थिइन् । 
दुर्घटनामा गम्भीर घाइते भएकी वलीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा बिहान ९ बजे मृत्यु भएको हो । दुर्घटनामा संलग्न बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ ।