512 views 0 secs 0 comments

बुटवलमा जुवा खेलिरहेका ४ महिलासहित ५ जनालाई पक्राउ…

In समाज
४ चैत्र २०७६, मंगलवार १३:४१

बुटवलमा जुवा खेलिरहेका ४ महिलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, बुटवलले सुख्खानगरको एक घरबाट ५ जुवाडेलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । समूहमा तास खेलिरहेका महिला रूपन्देहीबाट पक्राउ परेको यो पहिलो घटना हो । उनीहरूको साथबाट ६० हजार नगदसहित ४ बुक ताससमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।