
पर्सामा गाँजा र चरेससहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका-४ देउरवानाका ५० वर्षीय नुर आलम मियाँ रहेका छन् ।
उनलाई प्रहरी चौंकी रंगपुरटाडी पर्साबाट खटिएको प्रहरी टोलीले पटेर्वा सुगौली गाउँपालिका-२ बैधनाथपुरबाट मंगलबार नियन्त्रणमा लिएको हो ।
उनको साथबाट एक किलो ५०० ग्राम गाँजा र एक किलो चरेस र एक किलो ५०० ग्राम चरेसको धुलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मियाँले साइकलमा गाँजा र चरेस ल्याउँदै गर्दा पक्राउ गरेको प्रहरीको भनाइ छ।