888 views 0 secs 0 comments

मिर्गौलाको तेस्रो डायलाइसिस गर्न ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओली …

In समाज
१७ कार्तिक २०७६, आईतवार ११:१२

केही वर्ष देखि मिर्गौलासँग सम्बन्धीत समस्याबाट पिडित बन्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पताल पुग्नु भएको छ । उहाँ मिर्गौलाको तेस्रो डायलाइसिस गर्न धापासीमा रहेको ग्राण्डी अस्पताल पुग्नु भएको हो । रगतमा पानीको मात्रा धेरै भएपछि गएको बुधबार र बिहीबार पनि प्रधानमन्त्री ओलीको रगतलाई शुद्ध बनाउन गरिने डाइलासिस अन्तर्गत अल्ट्रा फिल्ट्रेसन गरिएको थियो ।

उहाँको रगतमा क्रेटिनाइनको मात्रा बढी देखिएकाले अब नियमित डायलासिस गर्नुपर्ने डाक्टरले बताएका छन् । यो सँगै प्रधानमन्त्री निवास बालुवाटारमा नै मेडिकल क्याम्प स्थापना गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएका छन् । १२ वर्षअघि फेरिएको मिर्गौलाले काम नगरेपछि अब कि नियमित डायलासिस गर्नुपर्ने कि फेरि पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताइएको छ । तर अस्ति बुधबार र बिहिबार गरिएका जाँचको रिपोर्ट आएपछि मात्र थप निर्णय गर्ने डाक्टरहरुको तयारी छ ।