605 views 0 secs 0 comments

फेरी युएईमा एक नेपालीको मृत्यु

In देश, समाज
२४ मंसिर २०७४, आईतवार १६:५१

रोजगारीका लागि युएई पुगेका एक नेपालीको मृत्यू भएको छ । युएईमा रहेको केएम ट्रेडिङ कम्पनीमा स्टोर इन्चार्जको रुपमा कार्यरत वाङ्ला ५ सिउडेनी अर्घाखाँचीका मेघराज अधिकारीको दुवईमा ज्यान गएको हो ।

गएको मंगलबार दुवईको जबिलाली डिआपी पार्कमा मर्निङवाकमा निस्किएका अधिकारीको शव सडकको छेउमा भेटिएको हो । उच्च रक्तचाप तथा मधुमेहका बिरामी भएकाले उनी दैनिक मर्निङवाक गर्थे ।
१६ वर्ष अगाडि उनी युएईमा स्टोर किपरको काममा गएका थिए । सुरुमा आबुधाबीमा कार्यरत अधिकारी २ वर्ष अघि स्टोर इन्चार्जको रुपमा बढुवा भएर दुवई सरुवा भएका थिए ।

मृतकको अव अनुसन्धानका लागि दुवईको अल रशिद अस्पतालमा राखिएको छ । प्रहरी र अस्पतालको रिपोर्ट आएपछि मात्रै शव नेपाल ल्याने युएईस्थित नेपाली दूतावासले जनाएको छ ।