431 views 0 secs 0 comments

नागढुंगा नाकाबाट दुई किलो धातुसहित एक जनालाई पक्राउ…

In देश
५ श्रावण २०७६, आईतवार १३:४४

हरीले काठमाडौंको नागढुंगा नाकाबाट दुई किलो सुनजस्तो देखिने पहेँलो धातुसहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले भैरहवाबाट आउँदै गरेको ट्रकबाट एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेको नाम खुलाइएको छैन ।
सुन हो/होइन भन्ने परीक्षणपछि मात्रै विवरण खुलाइने थानकोटका डीएसपी कुमारविक्रम थापाले अनलाइनखबरलाई बताए । थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।