8 views 0 secs 0 comments

सुनको मूल्य ४ सय बढ्यो

In देश, समाज, सूचना-प्रबिधि
७ फाल्गुन २०८०, सोमबार ११:५६

७ फागुन, काठमाडौं ।

सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने सोमबार १ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

पछिल्ला केही दिन सुनको मूल्य उकालो लागिरहेको छ । यसअघि शुक्रबार १ लाख १७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने बिहीबार १ लाख १६ हजार ५ सयमा कारोबार भएको थियो ।