
मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भएको छ ।
जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको पुष्टि गरे ।
‘निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा विस्फोट भएको हो, थप विवरण आउन बाँकी छ’ डिएसपी केसीले बताए ।
आज कास्कीमा उपनिर्वाचनका लागि कार्यतालिका रहेको छ । कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ ।