5019 views 2 secs 0 comments

बिद्रोहको गित गाएर सत्ता ढाल्न खोज्ने गायक ज्ञानेन्द्रको खोजी सुरु….

In देश
४ माघ २०७६, शनिबार १६:०१

निरंकुश राज्यसत्ताले जनताको हितमा काम नगरेको भन्दै हजारौं नेपालीले बलिदानी गरेर यो व्यवस्था ल्याएको १५ वर्ष पुगेको छैन ।
तर यो व्यवस्था ढाल्न भन्दै खुलेआम गीत मार्फत आह्वान गरेर वर्तमान बहुमतको सरकारलाई चुनौती दिन थालिएको छ ।

कुनै बेला बेरोजगार युवालाई रोजगारी वा प्रमाणपत्र धितो राखेर ऋण दिन खुलामञ्चमा आमरण अनसन बस्ने समूहका नेताले यो व्यवस्था ढाल्न भन्दै विदेश बस्ने युवालाई आह्वान गरेका छन् ।
राष्ट्रवादी केन्द्र नेपालका नेता रहेका ज्ञानेन्द्र अधिकारीले युवाहरुलाई विदेशमा बेच्ने व्यवस्था ठीक नभएकोले ढाल्नुपर्छ भन्दै गीतमा आह्वान गरेका छन् ।
अष्ट्रेलिया, युरोप, अमेरिका देखि खाडी मुलुकसम्म दुःख गर्ने नेपालीलाई यो व्यवस्था ढाल्नुपर्छ भन्दै स्वदेशमा फर्कन आह्वान गरिएको छ ।
केही समय अघिमात्रै देशमा ठूलो युद्ध भोगेर आएका नेपाली जनतालाई यो गीतले फेरी बिद्रोह भनेर झस्काएको छ ।
सामाजिक सञ्जाल, मिडिया सबैले सरकारको आलोचना गरेको भन्दै सत्तापक्षले आलोचना गरिहेको बेला आएको यो गीतलाई सरकारले प्रतिवन्ध लगाउने सम्भावना छ ।
ज्ञानेन्द्र अधिकारी ले सन्देश नेपाल सँग भने
बिदेशमा रगत र पसिना बगाएर रुँदै बस्नु भन्दा नेपालमै केही गरौं भन्ने भावनाले यो कदम चालेको छुँ…
सल्लाह र सुझाव को अपेक्षा गर्दछुँ ।