
२६ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन लक्ष्मीपूजा आज राजधानी काठमाडौं शहर झिलिमिली छ ।
साँझमा लक्ष्मीपूजा गरेदेखि नै मानिसहरुले आफ्नो घर झिलिमिली पारेका छन् । शहरका हरेकजसो घर झिलिमिली बत्तीले ढाकिएका कारण सिंगो शहर नै धपक्कै बलेजस्तो देखिएको छ ।
उपत्यकाका व्यक्तिगत घरसँगै उद्योग, कलकारखाना, कार्यालय, सपिङ मल पनि झिलिमिली बत्तीले सजाइएको छ ।