657 views 0 secs 0 comments

क्रिसमसको अवसरमा प्रहरीको विशेष चेकजाँच, मापसे सेवन गर्ने दुई सय पैँतालिस चालक पक्राउ

In देश, समाज
१० पुष २०७४, सोमबार १४:३८

bannerसांकेतिक तस्वीर

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई नियन्त्रणमा लिएको छ ।

महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारबाही गरेको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले क्रिसमसको अवसर पारेर मापसे सेवन गरी जथाभावी सवारी साधन चलाउने र दुर्घटना हुने भन्दै महाशाखाले विशेष जाँचको व्यवस्था गरेको जानकारी दिए ।

‘दुर्घटना नियन्त्रण गर्न अरु दिनको भन्दा क्रिसमसमा छुट्टै ३५ ठाउँमा विशेष जाँचको व्यवस्था गरेका हौं’ उनले भने । महाशाखाले ८४ गाडीलाई समेत नियन्त्रणमा लिएको छ ।