
जनकपुरमा एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत आउट गरेको प्रश्नपत्रको फोटोकपी गराइरहँदा ५ जना पक्राउ परेका छन् । स्थानीय राराव क्याम्पसमा परीक्षा सुरु भएलगत्तै एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका थिए ।
सोमबार राराव क्याम्पसमा परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरेलगत्तै एमबीएस प्रथम सेमेस्टरमा सहभागी एक परीक्षार्थीले नै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेको आरोपमा एक पसल सञ्चालकसहित ५ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए ।
परीक्षा हलबाट सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरी फोटोकपी गराइरहेको अवस्थामा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने लिलाराज शिवभक्ति, जनकपुरधाम उपमहानगरपालिका वडा १२ बस्ने सोनुकुमार साह, सोही स्थानका लालबाबु मण्डल, सोही स्थानका सुजितकुमार मण्डल र सर्लाही इश्वरपुरका अविनाश महतोलाई पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताए ।