
कञ्चनपुर, सिन्धुली र चितवनका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटना परी ४ जनाको मृत्यु भएको छ । कञ्चनपुर, भिमदत्त नगरपालिका-१० स्थित सडकमा डिएल ०१आरटि ८९४२ नम्बरको कार र म.२ प ९४९५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-४ भगतपुर बस्ने ४९ वर्षीय चन्द्र बहादुर तामाङको अञ्चल अस्पताल महाकालीमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका कार चालक भिमदत्त नगरपालिका जिमुवा बस्ने ३० वर्षीय राकेश बमको सोही अस्पतालमा उपचार भइरहेको छ । सिन्धुली, सुनकोशी गाउँपालिका-५ बन्दिपुरस्थित सडकमा बा.३ ख ५१८७ नम्बरको बस टर्निङमा फसेकोले निकाल्ने क्रममा सोही बसले च्यापियर सोही ठाउँ बस्ने २५ वर्षीय ईन्द्र बहादुर सुनवारको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
चितवन, ईच्छाकामना नगरपालिका-७ भालुटारस्थित सडकमा ना.१ च ९४१२ नम्बरको गाडी अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका गाडीमा सवार ईच्छाकामना नगरपालिका-१० बस्ने ३५ वर्षीय सुरज पौडेलको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।