
ललितपुरको सातदोबाटोबाट कलङ्की जाँदै गरेको स्कुटर अनियन्त्रित भई बिग्रिएर रोकिराखेको ट्रकसँग ठोक्किन पुग्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना पुरुष र एकजना महिला रहेका छन् ।
तीब्र गतिमा रहेको ब८७प२२८५ नम्बरको स्कुटर एकान्तकुनास्थित सडकको किनारामा रोकिराखेको ना८ख२८२६ नम्बरको ट्रकसँग अनियन्त्रित भई ठोक्किन पुगेको हो । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार स्कुटर चालक २४ वर्षीय पावल साउद हुन भने महिलाको पहिचान भएको छैन् ।