642 views 1 sec 0 comments

जलेश्वरबाट अत्याधुनिक पेस्तोल र त्यसमा प्रयोग हुने गोली र म्याग्जिन बरामद…

In देश, समाज
२० मंसिर २०७६, शुक्रबार १४:२३

सशस्त्र प्रहरीले महोत्तरीको जलेश्वरबाट अत्याधुनिक पेस्तोल र त्यसमा प्रयोग हुने गोली र म्याग्जिन बरामद गरेको छ ।
जलेश्वर नगरपालिका-६ स्थित सडक छेउबाट शुक्रबार विहान साढे १० बजे पेस्तोल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निरकृष्ण अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार सडक छेउको खर झाडीमा राखिएको अवस्थामा भारतको आरडनान्स कम्पनीको आरपी-१२१८२० को ७.६२ एमएमको पेस्तोल बरामद भएको हो ।