
यति एयरलान्सको जहाजको भन्सार क्लियर भएन।
जहाजको मूल्य फरक फरक देखिएकाले भन्सार पास नभएको भन्सार विभागले जानकारी दिएको छ। जहाजको भन्सार १ प्रतिशतमात्र लाग्ने व्यवस्था छ। कम्पनीले ३५ करोड मूल्य घोषणा गरेको छ भने यस्तै यही अवस्थाको जहाज बुद्ध एयरले ल्याउँदा ७९ करोडमा ल्याएको थियो। यतिले नै पेस गरेको बिमा कागजमा ६० करोड मूल्य उल्लेख गरिएको भन्सार कार्यालयले जानकारी दिएको छ।