450 views 2 secs 0 comments

गुल्मी जिल्लाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर 11जनाको मृत्यु दर्जनभन्दा बढी बेपत्ता….

In समाज
७ श्रावण २०७६, मंगलवार ११:०८

जिल्लाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर 11 जनाको मृत्यु भएको छ ।दर्जनभन्दा बढी बेपत्ता ।

जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा  11जना को मृत्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले पुष्टि गरे ।पौडेलका अनुसार, सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ ।

त्यस्तै, सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा पहिरो जाँदा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाले सुतिरहेको अवस्थामा घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवती–४ कि १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएको प्रहरीले जनाएको छ ।

उद्धार तथा राहतका लागि ३ वटै सुरक्षा निकायको टोली घटनास्थलतर्फ पठाइएको प्रजिअ पौडेलले बताए । तर, वर्षा र पहिरोका कारण अहिलेसम्म घटनास्थलमा सुरक्षाकर्मी पुग्न सकेको छैन ।

स्याङ्जाको सीमामा पर्ने घटनास्थलमा उद्धार तथा राहतका लागि पुग्न कठिन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यद्यपि, प्रहरी त्यसतर्फ अघि बढिरहेको सत्यवती गाउपालिका प्रमुख यादवले संदेश नेपाल लाई जानकारी दिनु भयो ।