508 views 0 secs 0 comments

साँफे मार्तडी सडकको भाडादर घट्यो…

In देश, समाज
२३ मंसिर २०७६, सोमबार १०:३१

मार्तडीदेखि अछामको साँफे बगरसम्मको नयाँ भाडादर निर्धारण गरिएको छ ।
कूल ५७ किलोमिटर सो सडक खण्डको भाडादर रु १६५ कायम गरिएको छ यसअघि जिपले रु ६०० र बसले रु ५०० भाडा लिँदै आएका थिए ।
यातायात व्यवस्था विभागकै परिपत्रअनुसार नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिए । उनले भने, .अब यात्रुले मार्तडीदेखि साँफेबगरसम्म रु १६५ भाडा तिरे पुग्छ । नयाँ भाडादरअनुसार यात्रु नबोकेमा र भाडा पुरानै लिइएको पाइएमा कारवाही गर्छौ ।’
जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण व्यवसायी सम्बद्ध संस्थाका प्रतिनिधिलाई भाडादरबारे जानकारी गराई कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ ।
बाइस वर्षपछि निर्माण सम्पन्न भएको सो सडकमा कालोपत्रे भइसक्दा पनि महँगो भाडा तिर्न बाध्य थिए । अव साँफेसम्मको भाडा घटेसँगै रु एक हजार ३०० रहेको धनगढीसम्मको भाडामा रु ३३५ झर्ने भएको छ । मार्तडी साँफेसम्मको ५७ किलोमिटर र साँफेदेखि धनगढीसम्मको २६० किलोमिटर सडकमा बराबरी भाडा थियो । कच्ची बाटोकै बाहनामा व्यवसायीले मार्तडी कोल्टी ४३ किलोमिटरमा रु ८००, मार्तडी डोगडी करिब ३६ किलोमिटरमा रु ७०० भाडा उठाउँदै आएका छन् ।