
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-३ बसामाडीमा ट्रकको ठक्करबाट आइतबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय लालबहादुर राई रहेका छन् । ठक्कर दिने ट्रकको पहिचान नखुलेपछि प्रहरीले २ वटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको मकवानपुरका प्रहरी प्रमुख मुकेश सिंहले जानकारी दिए ।