497 views 0 secs 0 comments

गुल्मीमा एक जना महिला मृत फेला…

In समाज
२ चैत्र २०७६, आईतवार १६:१७

गुल्मीमा एक जना महिला मृत फेला परेकी छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–४ बीरबासमा अन्दाजी ३४ वर्षीया बिन्दु थापा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–३ घर भएकी थापा माइतीमा बस्दै आएको प्रहरीले जनाएको छ । फागुन २६ गते घरबाट हिँडेकी महिलाको शव भिरमा भेटिएको एसपी खड्काले बताए । शवलाई पोष्टमार्टम गर्नको लागि गुल्मी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।