11 views 0 secs 0 comments

कैद मिनाहा पाएको एक महिनामै महिलाको हत्या

In देश, समाज
२ कार्तिक २०८०, बिहीबार १२:४३

कार्तिक,२ काठमाडौँ । संविधान दिवसका दिन राष्ट्रपतिबाट कैद मिनाहा पाएका व्यक्ति २५ दिनगत ३ असोजमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ सिम्लीका ३३ बर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिक मुसीकोट नगरपालिका– ७ साँखकी २८ वर्षीया भावना बिकको हत्या आरोपमा पक्राउ परेका हुन् ।\

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डीएसपी नमराज भट्टराईका अनुसार लोकबहादुर र भावना आइतबार रूकुम पश्चिमको खलंगास्थित होटल सत्कारमा बसेका थिए । भावना मंगलबार बिहान होटलको कोठा नम्बर १ मा मृत भेटिएकी थिइन् ।बहुविवाह मुद्दामा जेल परेका लोकेन्द्रलाई असल चालचलन भएको कैदीका रुपमा मन्त्रिपरिषदको सिफारिसमा ३ असोजमा राष्ट्रपतिले कैद मिनाहा गरेका थिए ।

उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाएका लोकबहादुर ०७९ फागुन १४ गते जेल परेका थिए । प्रहरीका अनुसार कैद मिनाहा नभएको भए पनि उनी ०८० माघ १९ गते मुक्त हुने थिए ।