
एक वर्ष अगाडि धनुषामा भएको डकैतीमा संलग्न तीन जना पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका ८ जमुनीबासस्थित चार जनाको घरमा हातहतियारसहित डकैती गर्नेमध्ये एक जना पछिल्लो पटक धनुषाकै मिथिला नगरपालिका ६ ढल्केबरबाट पक्राउ परेका छन् । अन्य दुई जना यसअघि नै पक्राउ परिसकेका थिए ।
पछिल्लो पटक पक्राउ पर्नेमा सर्लाहीको साविक नोकैलवा गाविस ६ बस्ने ४९ वर्षीय गनेरु माझी रहेको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।