
मनसुनी गतिविधि देशभर कमजोर हुँदै गएको छ । यद्यपि अझै एक-दुई दिन देशका केही स्थानमा भारी वर्षा हुने छ । त्यसैले आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै भएकाले सामान्य सतर्कता अपनाउनुपर्ने मौसमविदले बताएका छन् । मौसमी प्रतिकुलताका कारण हवाई र सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने पूर्वानुमान छ ।
मौसमविद समीर श्रेष्ठले मनसुन न्यून चापिय रेखा दक्षिण सर्दै गएकाले अब धेरै पानी नपर्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘न्यून चापिय रेखा नेपालबाट विस्तारै दक्षिण सर्दै गएको छ, त्यसले अब धेरै पानी पर्ने क्रम हुँदैन ।’