270 views 0 secs 0 comments

कपिलवस्तुमा आजदेखि हैजा विरुद्धको खोप सुरु…

In देश
५ मंसिर २०७८, आईतवार १४:१८

कपिलबस्तुमा जिल्लामा हैजा फैलिएको डेढ महिनापछि बल्ल हैजाविरुद्धको खोप सुरु गरिएको छ । हैजाविरुद्धको खोप मंसिर ५ अर्थात् आजदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो खोप दुई चरणको हुने जनाइएको छ । मन्त्रालयका अनुसार पहिलो मात्रा लिएको १५ दिनपछि दोस्रो मात्रा सुरु गरिनेछ । यो खोप अभियान कपिलवस्तु जिल्लाको हैजा प्रकोप देखिएको ५ वटा स्थानीय तहमा सुरु गरिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । कपिलबस्तुका कृष्णनगर, यशोधरा, महाराजगञ्ज र विजयनगरका सबै वडाका खोप केन्द्रमा निःशुल्क रुपमा खोप उपलब्ध हुनेछ । यो खोप एक वर्ष माथिका सबै उमेर समूहका नागरिकलाई दिइनेछ ।
हैजाविरुद्धको खोप एक वर्ष मुनिका बालबालिका, पखाला लागेका र ज्वरो आएका व्यक्तिले लिन नहुने विज्ञको भनाइ छ । हैजाविरुद्धको खोप पहिलो मात्रा लिएपछि कुनै प्रतिक्रिया देखिएमा दोस्रो मात्रा खोप लिन नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।