
नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई मातृशोक परेको छ । उनकी आमा खुमकुमारी पौडेलको ८२ वर्षको उमेरमा आज ग्रिनसिटी अस्पताल सामाखुशीमा उपचारको क्रममा निधन भएको काँग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।
काँग्रेसका सभापति शेरबहादुर देउवाले खुमकुमारी पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । देउवाले उनको आत्माको चिर शान्तिको कामना गर्दै पौडेल सहित शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।