
काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षणविरोधी रहेको भन्दै आरक्षण बचाऔं आन्दोलनले मंगलबार कामठाडौंमा प्रदर्शन गरेको छ । माइतीघमरमा आयोजित प्रदर्शनमा दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, अपांगता भएकाहरुलगायतका समुदाय सहभागी थिए ।
माइतीघरमा भेला हुनुअघि सुन्धारा, बानेश्वर र थापाथलीबाट र्याली निकालिएको थियो । संविधानअनुसार लोकसेवाले विज्ञापन सच्चाएर समावेशी विज्ञापन जारी नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने आन्दोलनले बताएको छ । यदि अटेर गरी परीक्षा सञ्चालन गरे परीक्षा केन्द्रमा प्रदर्शन गर्ने र प्रश्नपत्र च्यात्नेसम्म उनीहरुले धम्की दिएका छन् ।