
मदाने गाउँपालिकाको वडा नं २ बाँझकटेरीको कसुरे डाँडाबाट प्याराग्लाइडिङ्गको सफल परिक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ्ग पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ्ग उडाएका थिए । पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले प्याराग्लाइडिङ्ग चालकहरुलाई फुलमाला लगाएर सफलताको शुभकामना दिएका थिए ।
मदाने गाउँपालिकाले होलबाङ्ग प्याराग्लाइडिङ्ग संभाव्यता अध्ययनका लागि आर्थिक बर्ष ०७६÷०७७ मा दुई लाख बिनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए । फोटो- टोपलाल अर्याल