मकवानपुर । आफैँले जन्माएको नवजात शिशुको हत्या गरेको अभियोगमा आमा पक्राउ परेको छ । मकवानपुर, बकैया गाँउपालिका–६ भर्याङे खोला बस्ने ३१ वर्षीया बिना घलानलाई प्रहरीले पक्राउ गरेको छ ।
घलानले आइतबार आफैँले जन्माएको नवजात शिशुको हत्या गरी घर नजिकै खोल्सामा फालेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।