554 views 0 secs 0 comments

७० हजार घुससहित एक जना कम्प्युटर अपरेटरलाई पक्राउ…

In देश
९ पुष २०७६, बुधबार १७:३६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० हजार घुससहित सर्लाहीको घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा कार्यरत एक जना कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ ।
उद्योग दर्ताका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ७० हजार घुस लिइसकेको अवस्थामा कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको कोइरालाले बताए ।