गुल्मी दर्लिङ्ग्मा चट्याङ्ग लागेर दुई जना घाईते , भैंसी मर्यो

In स्वास्थ्य/जीवनशैली
१४ आश्विन २०८०, आईतवार ०२:४५

असोज १४ , गुल्मी।  गुल्मीको  मालिका –  २  दर्लिङ्ग  दुनाम  गाउँमा  चट्याङ्ग  लागेर  एक  जना  बालक  घम्भिर  घाईते  भएका  छ्न  ।  एक  परिबारको  लैनो  भैंसी  चट्याङ  लागेर   ठहरै  भएको  छ  ।  घम्भिर  घाईते  हुनेमा  दुनामका गेने  बिकका  १७  बर्षिय  छोरा  आयुष  बिक  र धनिराम  बिककि  श्रीमति  ६२  बर्षिया  इन्द्रि  बिक  रहेको  स्थानिय    समाज  सेवि  रबिन्द्र  बिकले  जानकारी  दिए  ।  घाईते  दुबै  परिबारको  उपचार गर्न  जाने  आर्थिक अबस्था  कम्जोर भएकोले  कतै  लौजान  नसकी  घरमै  राखिएको  छ  ।  आयुषको  मुहार  र  टाउकोमा  चोटहरु  छ्न  ।  उनको  अहिले  बिहान  हल्का  होस  खुलेको  छ  । इन्द्रि बिकको  आधा  हर नै  चल्दैन  ।   सोही  गाउँका  धनबहादुर बिकको  लैनो  भैंसी  मरेको  छ्न  ।  ती  बिपन्न  परिबारको  बिधुतको  मिटरबक्स पनि  क्षतिग्रस्त भएको  छ  ।  अहिले  बिहान  पौदिअमराईबाट  प्रहरी  घटनास्थलमा  आउदै  गरेको  बिकले  बताए ।  ट्रान्सर्फमर बिग्रेर  बनाउन  लगेकोले  गत  १०  दिन  देखि  त्यस  गाउँ सहित साबिक  दर्लिङ्ग  गाबिस २ ,  ३  र  ४  सहित  ३  वटा  वडाबासी  अन्धाकारमा  बस्न  बाध्य  छ्न  ।  जिल्लामा  सरकारी  तौरबाट  अहिले  सम्म  बिधुत  बत्ती  पुग्न  नसकेको  तिनै  साबिक  तीन  वडा  हुन । त्यहाँका  बासिन्दाले  आफै  पैसा  उठाएर  जनश्रमदान  गरेर  लघुजलबिधुतको बत्ती  बाल्दै  आएका  छ्न  ।  नेताहरुले २०६४ यताका हरेक  चुनावताका  राष्ट्रिय प्रशारण लाईनको  बत्ती  बालिदिन्छौ  भन्ने  आश्वासन बाड्दै  आए पनि गाडिएका  पोल  समेत  जिर्ण  हुने  अबस्थामा रहेको  समाज  सेवि बिक  गुनासो  गर्छ्न  ।   दलित  समुदायको बाहुल्य  रहेको  गाउँ हो   दुनाम  । गरिबी  र  हरेक दृष्टि  पछाडी  परेको  थलोको  उदाहरण दिने  थलो  त्यो  ।