विधुत सर्टहुदा धनगढीमा भीषण आगलागी

In आर्थिक, समाज, स्वास्थ्य/जीवनशैली
२ मंसिर २०८०, शनिबार १३:२१

२ कार्तिक, काठमाडौँ।

विद्युत सर्ट हुंदा धनगढीको मुख्य बजारमा भीषण आगलागी भएको छ । शुक्रबार राति करिब १ बजेको समयमा भएको आगलागीबाट सारथी अस्पतालसहित ८ पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको जुत्ता पसलबाट सुरु भएको आगलागी खाद्य संस्थानको भवनमा रहेका अस्पतालसहित अरु पसलमा फैलिएको पालले बताए ।

धनगढीसहित गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकल, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । क्षतिको यकिन विवरण संकलनको काम भइरहेको एसपी पालले जानकारी दिए ।