12 views 0 secs 0 comments

चिसोले सात जना वृद्धवृद्धाको ज्यान गयो

In समाज, स्वास्थ्य/जीवनशैली
३ मंसिर २०८०, आईतवार ०५:०५

 ३ मंसिर , काठमाण्डौं।

 भुकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोटगाउँपालिका रामीडाँडाका ७० वर्षीय डुमे पुन छेडागाड नगरपालिका१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारणमृत्यु भएको हो।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका वृद्धवृद्धामाश्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। यसअघि गत साता नलगाड भेरी बारेकोटमा गरी चिसोका कारण चार जनादीर्घरोगीको ज्यान गएको थियो। एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ।