
३ मंसीर , काठमाण्डौं।
ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले कास्कीका जुमकाजी विकलाई पक्राउ गरेको छ। गत कात्तिक २७ गते धारिलो हतियार प्रहार गरेर घाइते बनाएको आरोपमा कास्कीको अन्नपूर्ण गाउँपालिका– ६ निवासी विकलाई कास्की प्रहरीले पक्राउ गरेको हो।
विकले छिमेकी श्रीराम देवकोटालाई हसिया प्रहार गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। विकले देवकोटाको घरमै गएर हत्या गर्ने प्रयास गरेको प्रहरीको भनाई छ।