वैशाख १२ मा गएको भूकम्पको समेत भविष्यवाणी गरेका बैज्ञानिकले फेरी अर्को शक्तिशाली भूकम्प जाने भविष्यवाणी गरेका छन् ।बेलायतका एक विख्यात भूकम्पविज्ञले नेपालमा यही अगष्ट महिनामै अर्को महाविनाशकारी भूकम्प जानसक्ने खतरा रहेको बताएका हुन् ।
यसअघि नेपालमा वैशाख १२ मा गएको भूकम्पको समेत भविष्यवाणी गरेका ती भूकम्पविज्ञले विश्वका थुप्रै शक्तिशाली भूकम्पहरुको भविष्यवाणी गरेका थिए । उनले केही दिनभित्रै नेपालमा ९ म्याग्निच्यूटसम्मको भूकम्प जानसक्ने चेतावनी दिएका छन् ।
फ्रयांक हुगरविट्स नाम गरेका नेदरल्याण्डका यी भूकम्पविदले विभिन्न ग्रह,चन्द्रमा र सूर्यको अवस्थितिलाई अध्ययन गरि भूकम्पको भविष्यवाणी गर्दै आएका छन् । उनले www.ditrianum.org नामक वेव पोर्टलमा एउटा आलेख प्रकाशित गर्दै यही मे २३ देखि २५ भित्रमा ६ म्यागनुच्युटको भूकम्प जाने सम्भावना छ । त्यस्तै अप्रिलको पहिलो हप्ता ६ देखि ७ रेक्टर स्केलको भूकम्प जान सक्नेछ ।
यसबीचमा आउँने भूकम्प अत्यन्त खतरनाक हुने दाबी गर्दै उनले त्यसका लागि पहिले नै योजना बनाउँन सुझाव समेत दिएका छन् । विशेष गरि मे २२ देखि २५ सम्मको समय अत्यान्त नाजुक रहने उनको दाबी छ ।
उनको अनुसन्धानमा नयाँ प्रविधि अपनाएकोमा फ्रयांक हुगरविट्सको आलोचना समेत हुँदै आएको खबर बेलायतको प्रसिद्ध द एक्सप्रेसको अनलाइनमा प्रकाशित छ ।