22 views 0 secs 0 comments

बलात्कार आरोपमा विद्यालय सञ्चालक पक्राउ

In देश, समाज, सूचना-प्रबिधि
८ मंसिर २०८०, शुक्रबार १६:५८

८ मंसिर, काठमाडौँ ।

महोत्तरीको गौशालामा छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालय पढ्न आएकी बालिकालाई बिहीबार दिउँसो ४० रुपैयाँको प्रलोभन देखाई विद्यालयको छतमा लगेर बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गौशाला नगरपालिका–५ स्थित गौशाला एकेडेमीमा अध्ययनरत ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालक ३३ वर्षीय जुगलकिशोर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।