
स्टार कलाकार कास्ट गर्यो भने फिल्म लगानी उठ्ने निर्माताहरूको विश्वास छ। कलाकारको स्टारडमले फिल्म बिक्छ।
तर दक्षिण भारतीय फिल्म ‘मलिकापुरम’ मार्फत ८ वर्षकी बालिकाले बक्स अफिसमा तहल्का मच्चाएकी थिइन्। उनी हुन् देवा नन्दा। फिल्ममा उनले ‘कल्लू’ नामकी पात्रको भूमिका निर्वाह गरेकी थिइन्।
उनी फिल्ममा सबरीमाला मन्दिर गएको देखिन्छिन्। उक्त मन्दिरमा १० देखि ५० वर्षको महिलाले प्रवेश गर्न नमिल्ने हुन्छ। तर उनको भक्तिको कारण बालिका मन्दिरमा जान्छिन्।
महिलाको प्रवेश निषेध गरेकै कारण यो मन्दिर विवादमा छ। यही मन्दिरको बारेमा फिल्ममा देखाइएको छ। फिल्मको मुख्य भाग नै यही मन्दिर रहेको छ। त्यसैले फिल्मलाई दर्शकले धेरै मनपराएका थिए।