
आज १४ फेब्रुअरी, अर्थात् प्रेम दिवस । प्रेमी–प्रेमिकाले खुलेर माया प्रिती गास्ने दिन ।
कैलालीमा भने फरक किसिमले प्रेम दिवस मनाइएको छ । हेल्प फर ह्याप्पीनेसले एकाबिहानै कैलाली कारगारमा कैदीहरुलाई गुलाफको फूल र चकलेट उपहार दिदैँ प्रेम दिवस मनाएको हो । कारागारका कैदीलाई एक्लो छु भन्ने महसुस हुन नदिन प्रेम दिवस मनाइएको सो संस्थाले जनाएको छ । कारागारका चार सय ७८ कैदीबन्दीलाई फूल र चकलेट उपहार दिए दिवस मनाइएको हो । सो संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले कैदीहरुलाई कानूनभन्दा माथि कोही नहुने भएकाले जानी÷नजानी भएका गल्तीको सजाय भोगिरहेका कारण विचलित नहुन पनि आग्रह गरे । कैलाली कारागारका जेलर विरेन्द्रबहादुर बोहोराले कैदीबन्दीको पीडा बुझेर प्रेम दिवसमा उनीहरुलाई केही क्षणका लागि सामिप्यता दिएकोमा हेल्फ फर ह्यापीनेस सुदूरपश्चिमलाई धन्यवाद दिए । कारागारका सुरक्षा प्रमुख प्रहरी नायव निरीक्षक रामचन्द्र पन्तले प्रेम सबैलाई आवश्यक पर्ने बताए । उनले प्रेमी–प्रेमिकाबीच मात्र नभएर प्रेमले परिवार, समाज र राष्ट्रलाई एकढिक्का बनाएको बताए ।