29 views 0 secs 0 comments

प्रसाईँलाई थुनामा राख्न खोजेको भन्दै सर्वोच्चमा रिट

In देश, समाज
८ मंसिर २०८०, शुक्रबार १६:४९

८ मंसिर, काठमाडौं ।

दुर्गा प्रसाईँलाई बन्दी बनाएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन परेको छ ।

प्रसाईको राष्ट्र बचाउ अभियानले बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन गरेको थियो । त्यसक्रममा झडप समते भएको थियो ।

प्रसाईँले तीनकुनेमा निरन्तर प्रदर्शन गर्ने घोषणा गर्दै नेता र बैंकका सीईओहरुमाथि आक्रमण गर्ने धम्की दिएपछि गृह प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । तीनकुने क्षेत्रमा प्रदर्शन गर्न जम्मा भएकाहरुलाई पक्राउ गरेको छ भने प्रसाईको घर परिसरमा समेत सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।