काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीले अनशनस्थलबाट डा. गोविन्द केसीलाई पक्राउ गरेको घटनाप्रति असन्तुष्टि प्रकट गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार जानकारीबिनै रातको समयमा डा.केसीलाई प्रहरीले पक्राउ गरेको भन्दै देउवाले असन्तुष्टि जनाएका हुन्।
‘डा.केसी कुनै अपराधी होइनन्। अदालतको आदेशअनुसार उनी आफैं उपस्थित हुन्थे वा प्रहरीले सहजीकरण गरेर बिहान लैजान्थ्यो’, प्रेस संयोजक परियारले प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै भने, ‘रातको समयमा डा.केसीलाई पक्राउ गर्नु ठीक होइन।’