
सोरु गाँउपालिका ६ सोरुकोटबाट सदरमुकाम गमगढी तर्फ आउने गरेको जिप दुर्घटना भएको छ । शुक्रबार विहान सोरुकोटबाट गमगढीका लागी छुटेको लु १ ज ४८१० नम्बरको जीप विहान ८ बजे सोरुगाँउपालिका- ८ कच्चे भन्ने स्थानमा दुर्घटना भएको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिएरका हुन । प्रनाउ थापाका अनुसार दुर्घटनामा परि जिपमा सवार चालक सहित ८ जना घाईते भएको र घाईतेमध्ये चालकको टाउकोमा चोट लागेकाले गम्भिर अवस्था रहेको र अन्य ७ जनाको अवस्था सामान्य रहेकाे बताइएकाे छ ।
घाईतेहरुलाई जिल्ला अस्पताल मुगुमा पुर्याएर अहिले उपचार भैरहेको छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट उत्तर दक्षिण १९ किलोमिटर सडक दुरीमा रहेको छ । धनकर्ण मल्ल वर्ष १९ ठेगाना साेरु गाउँपालिका ११ का चालक गम्भिर घाइते भएको हुँदा थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ । त्यस्तै, घाइतेहुनेमा आशा शाही, बसन्ति शाही, प्रेमबहादुर मल्ल, लक्ष्मण शाही, एडिसन शाही, विवस शाही घाइते भएका छन् ।साेहि दुर्घटनामा परेका बाँकि घाईतेहरुलाई जिल्ला अस्पताल मुगुमा उपचार भईरहेकाे छ ।