बुटवलमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

In दुर्घटना, मृत्यु
८ मंसिर २०८०, शुक्रबार १६:१७

८ मंसिर, काठमाडौँ।

बुटवलमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

रुपन्देहीको बेलवास बेथरी सडक खण्डअन्तर्गत बुटवल–११ नहरपुरमा लु१च ७०२४ नम्बरको जिप र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बुटवल–११ का ४५ वर्षीय सालिकराम खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले दुर्घटनाबाट गम्भीर घाइते खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको  जनाएको छ ।