कञ्चनपुरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

In दुर्घटना, मृत्यु
४ मंसिर २०८०, सोमबार १५:०३

४ मंसिर, काठमाडौँ।

कञ्चनपुरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तरगत भासीमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिदा भीमदत्त नगरपालिका–९ बस्ने ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले चलाएको सुपप्र ०२००४१ प २७०० नम्बरको स्कुटरलाई म २ प ७४५६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।