कपिलवस्तुमा बस र भ्यान ठोक्किंदा एक जनाको मृत्यु

In दुर्घटना
२९ जेष्ठ २०८१, मंगलवार ११:२३

२९ जेठ,बुटवल।

कपिलवस्तुमा बस र भ्यान ठोक्किंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिकाका हिरालाल बढईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको भ्यान बुद्धभूमि नगरपालिका झडुलामाईमा एक आपसमा ठोक्किंदा भ्यानमा सवार बढईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीले बताए ।