
३ मंसिर, काठमाडौँ।
मकवानपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
आइतबार पौने २ बजे हेटौंडा उपमहानगरपालिका-६ शान्तिटोलस्थित कान्ती लोकपथ सडकखण्डमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो।
ना ७ ख १८१६ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश ठकुरीले जानकारी दिए।
ठक्करबाट स्थानीय ३८ वर्षीया महिला निरा बजगाईको मृत्यु भएको हो।