
१९ कार्तिक, काठमाडौँ ।
जुम्ला खलंगा बजारबाट देयार गाउँतर्फ जाँदै गरेको अटो रिक्सा हिमा गाउँपालिका-१ बड्कीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन।
जिल्ला प्रहरि कार्यलय जुम्लाका अनुसार भे।१।ह ३१९७ नम्बरको अटो सडकबाट अन्दाजी १५० मिटर तल हिमा नदीको किनारामा खसेको छ।
दुर्घटनामा परि हिमा गाउँपालिका(१ घर भएका अटो चालक ४५ वर्षीय पदमबहादुर शाही र सोही ठाउँका ४२ वर्षीय बली रोकायको मृत्यु भएको प्रहरीले जनाएको छ ।