नेपालगञ्‍ज बासीले भूकम्पमा घाइते भएका हरुलाई रक्तदान गर्दै

In भूकम्प, समाज
१९ कार्तिक २०८०, आईतवार ०५:४२

१९ कात्तिक, बाँके ।

जाजरकोट भूकम्पमा परी घाइते तथा पीडित परिवारको लागि सहयोग पुर्‍याउन नेपालगञ्‍जवासी जुटेका छन् ।

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति आएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका घाइतेको उपचारका लागि नेपालगञ्‍जमा शनिबार ८० ‘पिन्ट’ रगत सङ्कलन भएको नेपाल रेडक्रस सोसाइटी बाँकेका सदस्य मीन मल्लले जानकारी दिए ।

भेरी अस्पतालमा गए राति थप ६ जना बिरामी एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको छ । दुईजना भेरी नगरपालिका जाजरकोटका र चारजना सानीभेरी रुकुम पश्चिमका रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

उपचाररत घाइतेमध्ये पाँच जनाको गए राति सफल शल्यक्रिया भइसकेको छ । एक जनाको शनिबार बाटोमै मृत्यु भएको थियो ।